
काठमाडौं । ज्योति विकास बैंकको सञ्चालक समितिको मिति २०७७ साल असार २५ गते बसेको बैठकले श्री श्रीचन्द्र भट्टलाई प्रमुख कार्यकारी अधिकृतको रुपमा नियुक्त गरेको छ ।
नवनियुक्त प्रमुख कार्यकारी अधिकृत भट्टले यहि आउँदो श्रावण ७ गते बुधबार देखि आफ्नो ४ वर्षीय कार्यभार सम्हाल्नेछन् ।
नेपाल इन्भेष्टमेन्ट बैंकबाट बैंकिङ्ग क्षेत्रमा प्रवेश गर्नुभएका भट्टको बैंक , बीमा र रेमिट गरि आर्थिक क्षेत्रमा २ दशक भन्दा बढीको अनुभव रहेको छ ।
नवनियुक्त प्रमुख कार्यकारी अधिकृत भट्टले नेपाल इन्भेष्टमेन्ट बैंकमा सहायक महाप्रबन्धक, मेघा बैंकमा नायब प्रमुख कार्यकारी अधिकृत र आइएमइ लाइफ इन्स्योरेन्स कम्पनीमा प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यभार सम्हालेको थियो । भट्टको विभिन्न क्षेत्रमा उच्चस्तरिय र सशक्त अनुभव रहेको छ।
हाल ज्योति विकास बैंकले १०५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ५८ वटा एटीएम मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको बैकले जनाएको छ । हालसम्म बैंकले ३ लाख भन्दा बढि खाताबाट करिब रु। ३५ अर्ब निक्षेप संकलन गरी २० हजारभन्दा बढि ऋणीलाई करिब रु। ३० अर्व लगानी गर्न सफल भएको छ ।
प्रतिक्रिया दिनुहोस