aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

स्वरोजगार लघुवित्तद्वारा विशेष साधारण सभा आव्हान

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २६ असार २०७७
स्वरोजगार लघुवित्तद्वारा विशेष साधारण सभा आव्हान

काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्थाले साउन १० गते विशेष साधारण सभा बोलाएको छ । जनकपुर लघुवित्त वित्तीय संस्थालाई प्राप्ती गर्ने प्रस्ताव पारितका लागि कम्पनीले सभा बोलाएको हो । सभा विहान ११ बजे सि.डब्ल्यु.रेस्र्टो एण्ड क्याफे, कमलादी काठमाडौंमा सुरु हुनेछ । जनकपुर लघुवित्त वित्तीय संस्थाको १०० कित्ता शेयर बराबर स्वरोजगार लघुवित्तको ७० कित्ता शेयर आदानप्रदान गर्ने सहमति अनुसार यी दुई कम्पनी एक हुन लागेका हुन । 

सभाले सोहि सहमति बमोजिमको शेयर स्वाप अनुपात लाई अनुमोदन गर्नुका साथै प्राप्ती पश्चात कायम चुक्तापूँजीको शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव समेत पारित गर्नेछ । प्राप्ती पश्चात पनि कम्पनीको नाम स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको नाममा संयुक्त कारोबार हुनेछ । 

संयुक्त कारोबार पश्चात नेपाल राष्ट्र बैंकको स्वीकृति लिई केन्द्रिय कार्यालय नागार्जुन नगरापालीका वार्ड नं. ४ काठमाडौंमा स्थानान्तरण गर्ने निर्णय समेत सभाले गर्नेछ । हाल स्वरोजगारको केन्द्रिय कार्यालय बनेपा ५ काभ्रेपलाञ्चोकमा रहेको छ । साधारण सभा प्रयोजनका लागि कम्पनीले साउन ५ गते एक दिन बुक क्लोज गर्ने जानकारी दिएको छ ।
 

प्रतिक्रिया दिनुहोस