aarthiknews.com आइतबार, ०१ असार २०८२   Sunday, 15 June, 2025
 
ग्लोबल आईएमई बैंक

देशकै ठूलो बैंकमा को बन्ला सीईओ ? सञ्चालक भन्छन्ः क्षेत्रीभन्दा अब्बल खोज्दैछौं

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २६ असार २०७७
देशकै ठूलो बैंकमा को बन्ला सीईओ ? सञ्चालक भन्छन्ः क्षेत्रीभन्दा अब्बल खोज्दैछौं

काठमाडौं । यति बेला वित्तीय बजारमा ग्लोबल आईएमई बैंकको चर्चा ‘हट’ बनेको छ । जनता बैंकलाई मर्ज गरेर देश कै ठूलो पुँजी भएको बैंक बनेको ग्लोबल आईएमई बैंक हिजोबाट प्रमुख कार्यकारी अधिकृत बिहिन भएके छ । शालिन व्यक्तित्व पर्शुराम कुँवर क्षेत्रीले हिजो बिहीबार साउन १ गतेदेखि लागू हुने गरी राजिनामा दिएपछि बैंक अहिले कायम मुकाय सीईओको भरमा छ । उक्त पद अहिले महेश ढकालले सम्हालिरहेका छन् । क्षेत्रीले बैंक मर्जर भएको सात महिनामा राजिनामा दिएका हुन् । 

बैंक सञ्चालक केशव रायमाझीले पर्शुराम क्षेत्रीको जतिको व्यक्तित्व सीईओ भएका स्थानमा अर्को व्यक्ति उहाँभन्दा अब्बल खोज्ने चुनौती बैंकलाई छ । ‘उहाँभन्दा राम्रो व्यक्ति ल्याउन सकियो भने बैंकलाई अझ अब्बल बनाउन सकिन्छ भन्ने हाम्रो विश्वास हो,’ उनले भने ‘हामी उहाँजस्तै अब्बल सीईओको खोजीमा छौं । यो त्यो भनेर अहिले निर्णय भएको छैन ।’ 

यद्यपि ग्लोबल आईएमई बैंकमा सीईओको पूर्ण कार्यकालसम्म सीईओ भने टिक्न सकेका छैनन् । केही वर्षयता ग्लोबल बैंक नेतृत्व बिहिन जस्तै बन्दै आएको छ । अहिले बैंकले २७ जनालाई स्वच्छिक अवकास (भिआरएस) समेत दिएको छ । 

अहिले बैंकमा सीईओ बन्नका लागि विशेष चर्चामा रहेका अनुहारमध्य सुमन शर्मा, सुरेन्द्रराज रेग्मी तथा सुमन पोखरेल रहेका छन् । माच्छापुच्छ्रे बैंक छाडेको अवसरको पखाइमा बसेका सुमन शर्मा चर्चामा आएका छन् । उनको कुलिन पिरियड सकिन लागेको छ ।

अर्का ग्लोबल आईएमई बैंककै नायव महाप्रवन्धक सुरेन्द्रराज रेग्मी पनि सीईओ लागि सम्भावित दावेदार हुन् ।
बजारमा उनको पनि छुट्टै चर्चा छ । किनकी ग्लोबल आईएमईले स्वच्छिक अवकासमा नाम पारेका रेग्मीको नाम भने पछिल्लो समय अवकास सेवाबाट हटाइएको छ । यसको अर्थ कतै उनलाई नै देशकै ठूलो वाणिज्य बैंकको सीईओ बन्ने अवसर त मिल्ने हैन ?

ग्लोबल आईएमई बैंकको सीईओको चर्चामा रहेका अर्का व्यक्ति हुन् सुमन पोखरेले । उनी सीईओ बन्न सक्ने सम्भावना पनि पछिल्लो दिनमा प्रवल बन्दै गएको छ । तर, बैंक सञ्चालक समितिमा समेत कुलिन पिरियड लागू हुने भएकोले अहिले उनी सीईओ बन्न सक्ने अवस्था छैन । 

यदि राष्ट्र बैंकले ल्याउने तयारी गरिरहेको मौद्रिक नीतिले कुलिन पिरेड हटाएमा भने हाल बैंकका सञ्चालक रहेका ग्लोबल आईएमई बैंकको सुमन पोखरेल बैंकको प्रमुख कार्यकारी अधिकृत बन्न सक्ने देखिएको छ । किनकी पोखरेल लामो समयदेखि आईएमई ग्रुपसँग सम्वद्ध रहेर काम गरिरहेका छन् ।  
 

प्रतिक्रिया दिनुहोस