aarthiknews.com आइतबार, ०१ असार २०८२   Sunday, 15 June, 2025
 

सनराइज बैंकद्वारा एकैपटक ५ नयाँ शाखा सञ्चालन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २८ असार २०७७
सनराइज बैंकद्वारा एकैपटक ५ नयाँ शाखा सञ्चालन

काठमाडौं । आफ्ना ग्राहकहरुलाई विभिन्न सेवा सुविधा दिदै आएको सनराइज बैंकले काठमाडौं उपत्यकामा नयाँ शाखाहरु सञ्चालनमा ल्याएको छ । यस बैंकले काठमाडौं उपत्यकामा एकैपटक पाँचवटा नयाँ शाखा सञ्चालनमा ल्याएको हो । बैंकले काठमाडौं उपत्यकाका कपन, भङ्गाल, कान्तिपथ, कुमारीगाल मा नयाँ शाखा स्थापना गरेको हो । 

आइतबार एक कार्यक्रम गरी बेंकले ती चार वटै शाखाकार्यालय र एकवटा एक्सटेन्सन काउन्टरको उद्घाटन गरेको हो। यी नयाँ शाखा सञ्चालनमा आएपछि बैंकिङ सुविधा सहज हुने र बैंकको व्यवसायमा पनि वृद्धि हुने विश्वास गरिएको बताइएको छ । यससँगै बैंकको शाखा कार्यालयहरु १ सय ३४ पुगेको छ।  

प्रतिक्रिया दिनुहोस