
काठमाडौं । कुमारी र देवः विकास बैंकले असार २८ गते आइतवारदेखि एकिकृत कारोबार शुरु गरेका छन् । नेपाल राष्ट्र बैंकबाट असार १० गते अन्तिम स्वीकृति पाएसँगै यी दुई बैंकले एकिकृत कारोबार सुरु गरेका हुन । देवः विकास बैंकको शून्य दशमलव ८६ कित्ता शेयर बराबर कुमारीको १ कित्ता शेयर आदान प्रदान गर्ने सहमति अनुसार कुमारीले देवः लाई प्राप्ती गरेको हो ।
प्राप्ती सम्बन्धी प्रस्ताव कुमारीले जेठ १९ गतेको विशेष साधारण सभामार्फत र देवः विकास बैंकले सोहि दिन सम्पन्न १३ औं वार्षिक साधारण सभामार्फत पारित गराएका थिए ।
सोहि सभाबाट देवः विकास बैंकले ८ दशमलव ५५ प्रतिशत बोनस शेयर पनि पारित गरेको छ । बोनस पश्चात देवः विकास बैंकको चुक्तापूँजी ३ अर्ब ४४ करोड ८७ लाख ४२ हजार रुपैयाँ पुगेको छ । देवः विकास बैंैकले तेस्रो त्रैमाससम्म कायम चुक्तापूँजी ३ अर्ब १७ करोड ७१ लाख रुपैयाँको आधारमा ८ दशमलव ५५ प्रतिशत बोनस शेयर दिएको हो ।
कुमारी बैंकको चुक्तापूँजी ९ अर्ब ५५ करोड ४१ लाख ३० हजार रुपैयाँ रहेको छ । दुबै बैंक एक भएपछि चुक्तापूँजी १३ अर्ब २८ लाख ७२ हजार रुपैयाँ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस