aarthiknews.com आइतबार, ०१ असार २०८२   Sunday, 15 June, 2025
 

तीन लघुवित्त कम्पनी मर्ज भए सोमबारदेखि कारोबार शुरु गर्दै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २८ असार २०७७
तीन लघुवित्त कम्पनी मर्ज भए सोमबारदेखि कारोबार शुरु गर्दै

काठमाडौं । सोमवारदेखि तीन लघुवित्त वित्तीय संस्था एक भएर कारोबार सुरु गर्ने भएका छन् । एनआरएन लघुवित्त वित्तीय संस्थाले किसान माइक्रोफाइनान्स र दिव्य लघुवित्त लघुवित्त वित्तीय संस्थालाई गाभेर एकिकृत कारोबार सुरु गर्ने भएको हो । 

हालसम्म सर्वसाधारणका लागि शेयर जारी नगरेको यस कम्पनीले यस अघि क्रियटिभ र रामारोशन लघुवित्तलाई गाभेर एकिकृत गत वर्षको भदौं देखि सुरु गरेको थियो । विक्रम सम्वत् २०७५ साल फागुन ३ गतेदेखि कारोबार सुरु गरेको यस कम्पनीले छोटो अवधिमै चार कम्पनीलाई आफुमा गाभ्ने तयारी गरेको हो ।

हाल  १० करोड रुपैयाँ चुक्तापूँजी रहेको यस कम्पनीले देशभरका १३० शाका कार्यालयहरुबाट १ लाखभन्दा बढी सदस्यहरुलाई सेवा प्रदान गरिरहेको छ । 
 

प्रतिक्रिया दिनुहोस