aarthiknews.com सोमबार, ०२ असार २०८२   Monday, 16 June, 2025
 

मौद्रिक नीतिको मुखैमा राष्ट्र बैंकद्वारा किन गरियो ५० कर्मचारीको सरुवा (सूची सहित)

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २९ असार २०७७
मौद्रिक नीतिको मुखैमा राष्ट्र बैंकद्वारा किन गरियो ५० कर्मचारीको सरुवा (सूची सहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको मुखैमा ५० जना कर्मचारीको सरुवा गरेको छ । बैंकले २३ जना निर्देशक २ जना कामु निर्देशक र  एक  जना  उप निर्देशकको सरुवा गरेको हो । राष्ट्र बैकको  असार २५ गते बसेको बैठकको निर्णयले उक्त निर्णय गरेको राष्ट्र बैंकको डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले बताए । त्यस्तै हिजो २८ गते बसेको राष्ट्र बैंक बैठकले २१ जना उपनिर्देशक र तीन जना सहायक निर्देशकको सरुवा गरेको छ ।

राष्ट्र बैंकको २५ गतेको निर्णयले गभर्नर कार्यालयका निर्देशक गोविन्द प्रसाद नागिलालाई मुद्रा व्यवस्थापन विभागमा सरुवा गरेको छ भने विराटनगर कार्यालयका निर्देशक रोशककुमार सिग्देललाई गभर्नर कार्यालयमा सरुवा गरिएको छ । बैंक सुपरिवेक्षण विभागका सहायक निर्देशक विष्णुप्रसाद फुयाललाई गभर्नर कार्यालयमा सरुवा गरिएको छ । 

प्रतिक्रिया दिनुहोस