aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

समृद्धिलाई गाभेर प्रभु क्यापिटलले थाल्यो एकिकृत कारोबार

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २९ असार २०७७
समृद्धिलाई गाभेर प्रभु क्यापिटलले थाल्यो एकिकृत कारोबार

काठमाडौं । प्रभु क्यापिटल र समृद्धि क्यापिटल गाभिएर एकिकृत कारोबार सुरु गरेका छन्। गाभिएपछि नाम प्रभु क्यापिटल नै राखिएको छ। मर्जरपछि कम्पनीको अधिकृत पूँजी १ अर्ब र चुक्ता पूँजी ८१.७१ करोड भएको छ। 

एकिकृत कारोबारको उद्घाटन नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुङ्गानाले गरेका छन्। एकिकृत कारोबारको उद्घाटन गर्दै उनले मर्जर पछिको प्रभु क्यापिटलले गुणस्तरीय सेवाप्रदान गरी पूँजीबजारमा महत्वपूर्ण योगदान दिने बताए। आफ्नो क्षमता र योग्यता देखाउन सक्ने संस्था मात्र बजारमा रहन सक्ने वास्तविकता औल्याउँदै प्रभु क्यापिटलले पनि पूँजीबजारमा आफ्नो दरिलो स्थान बनाउने ढुङ्गानाले बताए।

कार्यक्रममा तत्कालिन समृद्धि क्यापिटलका अध्यक्ष एलपि भानु शर्माले पूँजीबजार व्यक्ति मात्रै नभई समाज नै बन्ने मेलो भएको बताए।  प्रभु ग्रुपका अध्यक्ष देवीप्रकाश भट्टचनले देशको राजनीतिक अवस्थाले आर्थिक क्षेत्रमा प्रभाव पर्ने बताउँदै आर्थिक क्षेत्रको विकासका लागि स्थीर सरकार र आर्थिक क्षेत्र प्रति सकारात्मक र बलियो धारणा राख्ने सरकार हुनुपर्ने बताए। मर्जर समितिका संयोजक प्रभु क्यापिटलका अध्यक्ष बिनोद थकालीले प्रभु ब्राण्ड नेपालभित्र मात्रै नभएर संसारभर फैलिइरहेको बताए। 

प्रतिक्रिया दिनुहोस