aarthiknews.com सोमबार, ०२ असार २०८२   Monday, 16 June, 2025
 

दैनिक साढे चार अर्ब निक्षेप संकलन गर्दै वाणिज्य बैंक

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २९ असार २०७७
दैनिक साढे चार अर्ब निक्षेप संकलन गर्दै वाणिज्य बैंक

काठमााडौं । कोभिडको बन्दाबन्दीमा परेका आम ग्राहकले बैंकमा पैसा जम्मा गर्न  थालेका छन् । तिव्र रुपमा भएको सरकारी खर्च र ग्राहकहरूले समेत बैंकमा निक्षेप डिपोजिट गर्न थालेपछि बैंकहरूका असार ५ गतेदेखि २६गतेसम्म ९४ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ । 

असार २६ गतेसम्म वाणिज्य बैंकहरूको कुल निक्षेप संकलन बढेर ३३ खर्ब ८८ अर्ब पुगेको छ । असार ५गतेसम्म वाणिज्य बैंकहरूको निक्षेप ३२ खर्ब ९४ अर्ब रुपैयाँ थियो । गत आवको अन्त्यसम्म वाणिज्य बैंकहरूको निक्षेप २८ खर्ब ७८ अर्ब रुपैयाँ थियो ।   
 

प्रतिक्रिया दिनुहोस