
काठमाडौं । कोभिडका कारण ठप्प भएको अर्थतन्त्र केही सरभाइभ हुन थालेपछि बैंकबाट कर्जा लिनेको बढ्दै गएका छन् । अहिले वाणिज्य बैंकहरूबाट दैनिक एक अर्बभन्दा बढीको कारोबार हुने गरेको छ । असार ५गतेदेखि २६ गतेसम्मको यो अवधिमा वाणिज्य बैंकहरूले ३१ अर्ब कर्जा प्रवाह गरेका हुन् ।
जेठ महिनामा चार अर्बले घटेको कर्जा प्रवाह असारमा आएर पहिला कै रेसियोमा पुगेका हो । वैशाखमा पनि कोभिडका कारण कसैले कर्जा लिएका छैनन् । उल्टो कर्जा लिने करिब ४ अर्ब सावा ब्याज भुक्तान गरेका छन् । हाल वाणिज्य बैंकहरूको कुल कर्जा २८ खर्ब ४२ अर्ब पुगेको छ । गत जेठ अन्तिमसम्म यस्तो कर्जा २८ खर्ब ११ अर्बमात्रै थियो ।
प्रतिक्रिया दिनुहोस