aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 
६ प्रतिशत व्याजदरमै प्रभु बैंकबाट कर्जा पाइने

६ प्रतिशत व्याजदरमा प्रभु बैंकले ल्यायो ७ प्रकारको कर्जा योजना

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०४ बैशाख २०७६
६ प्रतिशत व्याजदरमा प्रभु बैंकले ल्यायो ७ प्रकारको कर्जा योजना

प्रभु बैंकले सहुलियतपूर्ण कर्जालाई व्यापकता दिने  भएको छ । प्रभु बैंकले ७ प्रकारको सहुलियतपूर्ण कर्जा दिने भएको छ ।  

व्यवसाय कृषि तथा पशुपन्छीको विकासको लागि (श्रमशील कर्जा) रु ५ करोड ५ वर्षको लागि, शिक्षित युवा स्वरोजगारको लागि (उज्वल कर्जा)रु  ७  लाख ५ वर्ष अवधिको लागि, विदेशबाट फर्केका युवाहरुको लागि (हातेमालो कर्जा)  रु १० लाख ५ वर्ष अवधिको लागि, महिला उद्यमशीलताको लागि (उजेली कर्जा), दलित समुदाय व्यवसाय विकासको लागि (कर्मवीर कर्जा) रु १० लाख ५ वर्ष अवधिको लागि, उच्च  प्रविधिक तथा व्यवसायिक  शिक्षाको लागि (ज्ञान कर्जा), रु ५ लाख ५ वर्ष अवधिको लागि, भुकम्प पिडितहरुको निजि आवास निमार्णको लागि (साहसी कर्जा ) रु ३ लाख  ५ वर्ष अवधिको लागि प्रभु बैकले ६ प्रतिशत व्याजमा दिने भएको छ । 

उक्त बैंकले यस कर्जाबाट कृषि तथा पशुपन्छीजन्य क्षेत्रको व्यवसाय प्रवद्र्धन गरी उत्पादन र रोजगारी वृद्धि गर्ने, शिक्षित बेरोजगार युवाहरुलाई देशभित्रै रोजगारका अवसर र्सिजना गर्ने विदेशबाट फर्केका युवाहरुलाई स्वरोजगार बनाउने उदेश्य रहेकाे छ ।

महिला उद्यमशीmताको बिकास गर्न, आर्थिक रुपमा विपन्न, सिमान्तकृत समुदाय तथा लक्षित वर्गका विद्यार्थीलाई उच्च र प्राविधिक व्यवसायिक शिक्षा अध्यनको लागि अवसर प्रदान गर्न र भृकम्प पिडितहरुलाई निजि आवास निमार्ण गर्ने विश्वास बैंकले लिएको छ । 

यस कर्जाबाट नेपाल सरकारको लक्ष्यलाई मध्यनजर गर्दै बैंकले सञ्चालन गरेका यी कर्जा योजनाबाट लक्षित वर्ग पूर्णरुपमा लाभान्वित हुने लक्ष्य प्रभु बैंकले राखेको छ । 


 

प्रतिक्रिया दिनुहोस