aarthiknews.com सोमबार, ०२ असार २०८२   Monday, 16 June, 2025
 

घरेलु लघुवित्तले पीडितको ऋण मिनाह गर्यो गर्दै बीमा दावी भुक्तानी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०१ साउन २०७७
घरेलु लघुवित्तले पीडितको ऋण मिनाह गर्यो गर्दै बीमा दावी भुक्तानी

काठमाडौं । घरेलु लघुवित्त वित्तिय संस्था लिमिटेड शाखा कार्यालय फेटा बाराले बीमा दावी भुक्तानी गरेको छ । केन्द्र नं. ०१ की सदस्य श्रीमती लालमुनि देवी र निजको श्रीमान जोगेन्द्र रावत विनको मृत्यु पस्चात उनी देवरानी श्रीमति भागो कुमारी देवीलाई र सोही केन्द्रका सदस्य श्रीमति भागो कुमारी देवीको श्रीमानको मृत्यु पश्चात दिइने काजक्रिया खर्च समेत एक कार्यक्रमका बीच बीमाको क्षतीपुर्ती रकम उपलब्ध गराएको छ । 

सदस्य श्रीमती लालमुनि देवीले संस्थाबाट रु ६०,००० कर्जा लिएकोमा निजको मृत्यु पश्चात संस्थाको नियमानुसार कर्जाको साँवा र ब्याज रकम मिनाहा गरेको र कर्जा बीमा अन्तर्गत सदस्य तथा श्रीमानको मृत्यु पश्चात दिइने रु १५ हजार बराबरको काजक्रिया खर्च र श्रीमति भागो कुमारी देवीको श्रीमानको मृत्यु पश्चात दिइने रु.५ हजार काजक्रिया खर्च हस्तान्तरण गरीएको थियो । 

संस्थाले आफ्ना ग्राहक सदस्यहरुको हित तथा संरक्षण गर्न र उनीहरुलाई आपतकालीन अवस्थामा टेवा पु¥याउने उद्देश्य अनुरुप बिभिन्न कार्यक्रम तथा सहयोग रमक हस्तान्तरण गर्दै आइरहेको छ । दुःखको समयमा संस्थाले सहयोग स्वरुप रकम हस्तान्त्रण गरेकोमा केन्द्रका सम्पुर्ण सदस्यहरुले संस्थालाई धन्यवाद दिएका थिए । उक्त कार्यक्रममा शाखाका तर्फबाट शाखा प्रबन्धक श्यामबाबु प्रसाद यादव तथा कर्मचारी जितेन्द्र कुमार गुप्ताको उपस्थिति रहेको थियो ।
 

प्रतिक्रिया दिनुहोस