काठमाडौं । भोलि साउन २ गते नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको लागि मौद्रिक नीति सार्वजनिक गर्ने भएको छ । साढे ६ प्रतिशतको मूल्य वृद्धि कायम गर्ने, कोभिडको कारणले थला परेका उद्यमी व्यवसायीहरूको कर्जाको पुनसंरचना, पूनः तालिकीकरण तथा पुँजीकरण गर्ने गरी मौद्रिक नीति आउने राष्ट्र बैंक उच्च स्रोतले जानकारी दिएको छ । राष्ट्र बैंक स्रोतका अनुसार भोलि सार्वजनिक मोद्रिक नीति अन्तिम तयारी भइरहेको छ । भोलि बिहान बस्ने राष्ट्र बैंक बोर्ड बैठकले यस वर्षको मौद्रिक नीतिलाई अन्तिम रुप दिनेछ ।
भोलि सार्वजनिक गर्ने भनिएको मौद्रिक नीतिमा बिग मर्जरलाई उच्चतम प्राथमिकता एक पनि फोर्सफूल्ली व्यवस्था भने गरिने छैन । सहुलियत दिएर बिग मर्जरमा जान बैंकहरूलाई प्रोत्साहित गरिने छ,’ राष्ट्र बैंक स्रोतले भन्यो । गत आवभन्दा केही सहुलियत थपेर बैंक तथा वित्तीय संस्थालाई मर्जरमा जान भन्छौ ।’
बढी भावितलाई ठूलो राहत प्याकेज
कोभिडका कारणले असर खेपिरहेका उद्यमी व्यवसायीहरूको आवश्यकता र असर हेरर राष्ट्र बैंकले कर्जाको ब्याज पुँजीकरण, पुर्नतालिकीकरण र पुर्नसंरचना गर्ने स्कीम सहित मौद्रिक नीति आउने भएको छ । कोभिडका कारण बढी प्रभावित भएकालाई ठूलो प्याकेजको राहत, मध्यम असर परेकालाई सोही अनुसारको राहत प्याकेज ल्याउन तयारी मौद्रिक नीतिले गर्ने भएको छ । त्यस्तै राष्ट्र बैंकले कम असर परेका उद्यमी व्यवसायीलाई कम राहत उपलब्ध गराउने नीति लिने भएको छ ।
कोभिडका कारण अप्ठ्यारोमा परेका उद्यमी व्यवसायीदलाई राहत दिन राष्ट्र बैंकले ५ प्रतिशत ब्याजमा पुनरकर्जा प्रदान गर्ने गनै छ । उक्त कर्जाले विशेषतः साना, घरेलु तथा लघु कर्जालाई जोड दिनेछ । राष्ट्र बैंकले तयार पारेको पुनरकर्जा कार्यविधि– २०७७ मार्फत राष्ट्र बैंकमा रहेको पुनरकर्जा कोषको ५ गुणासम्म कर्जा प्रदान गर्न सक्ने व्यवस्था गर्न लागेको छ ।
सरकारले बजेटमार्फत तय गरेको ७ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य हासिल हुने गरी मौद्रिक नीति तय गरिएको छ । यस वर्ष साना तथा मझौला उद्यमीलाई मौद्रिक नीतिले बढी प्रोत्साहन गर्न लागेको छ ।
तरलता अभाव हुन नदिने
राष्ट्र बैंकल आगामी मौद्रिक नीतिमार्फत वित्तीय बजारमा तरलता अभाव हुन नदिने गरी मौद्रिक नीति ल्याउने भएको छ । यसका लागि यस अघि गरेका व्यवस्थालाई यथावत राख्दै तरलता सहजताका लागि लिनुपर्ने अन्य नीतिगत व्यवस्था पनि राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत गर्ने भएको छ । हालको विद्यमान सीआरआरको व्यवस्थालाई यथावत राखिने छ भने सीसीडी रेसियो पनि अहिले नचलाउने तयारी राष्ट्र बैंकले गरेको छ ।
ब्याजदर नियन्त्रण गर्ने मौद्रिक नीति
नेपाल राष्ट्र बैंकले ब्याजदर नियन्त्रण गर्ने गरी मौद्रिक ल्याउने भएको छ । वित्तीय बजारमा तरलताको व्यवस्था गर्दै ब्याजदर नियन्त्रण गर्ने गरी मौद्रिक नीति ल्याउन लागेको हो । विशेषतः कर्जाका ब्याजदर घट्ने गरी मौद्रिक नीति ल्याउँछ,’ राष्ट्र बैंक स्रोतले भन्यो ।
प्रतिक्रिया दिनुहोस