aarthiknews.com सोमबार, ०२ असार २०८२   Monday, 16 June, 2025
 

मौद्रिक नीतिः लाभांश बाड्ने विषयमा यस्तो हुँदैछ व्यवस्था

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०२ साउन २०७७
मौद्रिक नीतिः लाभांश बाड्ने विषयमा यस्तो हुँदैछ व्यवस्था


काठमाडौं । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गर्ने मौद्रिक नीतिमा बैंक तथा वित्तीय संस्थाले कमाएको नाफाबाट २० प्रतिशत नगद लाभांश र ८० प्रतिशत बोसन सेयर बाड्न पाउने व्यवस्था पारित गर्ने छ । राष्ट्र बैंकले अहिले बैंक तथा वित्तीय संस्थामा प्रर्याप्त तरलता भएको र आगामी दिनमा वित्तीय बजारमा पर्न सक्ने संकटलाई मध्यनजर गर्दै सो प्रस्ताव जस्ताको तस्तै पारित गर्न लागेको हो ।

मौद्रिक नीतिको मस्यौदालाई अन्तिम रुप दिन अहिले बिहान ८.३० बजे बसको  राष्ट्र बैंक सञ्चालक समिति बैठकले बैंक तथा वित्तीय संस्थाले नगद लाभांश र बोनस सेयर बाड्न पाउने व्यवस्था गर्न लागेको हो ।

बैंक तथा वित्तीय संस्थाले गतवर्षको नाफाबाट लगानीकर्तालाई दिने कुल लाभांशमा २० प्रतिशत नगद लाभांश र ८० प्रतिशत बोनस सेयर बाँड्न पाउने प्रस्ताव गरिएको छ । सम्भव भएसम्म राष्ट्र बैंकले यहि प्रस्ताव पारित गर्ने बुझिएको छ ।हिजो बिहीबार बसेको राष्ट्र बैंक सञ्चालक समितिको बैठकले यस विषयमा टुंगो लगाउन नसकेपछि आज बिहान पुनः बैठक बसेर सो निर्णय टुंगो लगाउने लगाउने बताएको छ । 

कले २० प्रतिशतमात्रै लाभांस बाड्ने व्यवस्था पनि सक्ने छ । यदि २० प्रतिशत लाभांश बाड्ने प्रस्ताव पारित भएमा ४ वा ८ प्रतिशत नगद लाभांश र १६ वा १२ प्रतिशत बोनस सेयर दिइने छ । 

यद्यपि राष्ट्र बोर्ड बैठकले नगद लाभांश बाड्दा व्यक्तिका खातामा पैसा जाने र सो पैसा फेरि वित्तीय बजारमा नै आउने भएकले नगद लाभांस बाड्ने व्यवस्थालाई प्रोत्साहित पनि गरिने हुन सक्ने छ । यदि यसरी निर्णय भएमा नगद लाभांशको हिस्सा धेरै र बोनस सेयरको हिस्सा कम हुनेछ । यस विषयमा बैठकले संशोधन समेत गर्न सक्ने छ । 

यदि मौद्रिन नीतिले  बैंक तथा वित्तीय संस्थालाई लाभांश बाड्न रोक लगायो भने लामो समय घटेर विस्तारै सुधार हुन थालेको सेयर बजारमा फेरिन मन्दी आउने छ र आम लगानीकर्ताको लगानी फेरि जोखिम पर्न सक्ने छ । यसका सेयर बजारमा ८० प्रतिशत हिस्सा रहेको बैंक तथा वित्तीय संस्थाको सेयर लगानीसँगै पनि मन्दी आउनेछ । सम्पूर्ण अर्थतन्त्र नै धरापमा पर्न सक्ने भएकोले पनि राष्ट्र बैंकले नगद लाभांस बाड्न जोड दिनुपर्ने हुन्छ । 

बैंक तथा वित्तीय क्षेत्रमा अहिले तरलता प्रर्याप्त भएकोले नगद लाभांश बाड्दा राम्रो हुने राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक बासुदेव अधिकारीले बताए । आम लगानी कर्ताले नगद लाभांश पाउनु पर्छ भन्ने उनले भने ‘ यस विषयमा राष्ट्र बैंकले नबोलेर बैंकहरू आफैलाई जिम्मा दिनुपर्छ । तरलता नभएका बेलामा मात्रै बोनस सेयर बाड्ने हो । अहिले कमाएको नाफाबाट नगद नै दिन उचित हुने उनले बताए । 

कोभिडको असर कति पर्छ । बजारमा कर्जाको डिमाण्ड कति हुन्छ । हामीले गरेका धेरै अनुमान नमिलेको र अधिकांश बैंक तथा वित्तीय संस्थाले एजीएम मंसिर पुसमा हुने भएकोले उनीहरूले अवस्था हेरेर निर्णय गर्न दिनुपर्ने अधिकारीले बताए । 
 

प्रतिक्रिया दिनुहोस