aarthiknews.com सोमबार, ०२ असार २०८२   Monday, 16 June, 2025
 
राष्ट्र बैंक

के गर्दैछ व्यवस्था सेयर, घर र गाडी कर्जामा मौद्रिक नीतिले

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०२ साउन २०७७
के गर्दैछ व्यवस्था सेयर, घर र गाडी कर्जामा मौद्रिक नीतिले


काठमाडौं । आज राष्ट्र बैंकले ल्याउन लागेको मौद्रिक नीतिले सेयर, गाडी तथा घर कर्जाका लागि गर्ने व्यवस्था आम उपभोक्ता तथा लगानीकर्ताको लागि अत्यधिक चासोको विषय हो । यस विषयमा खासै ठूलो परिवर्तन नगर्ने राष्ट्र बैंक उच्च स्रोतले बताएको छ । आज बिहान बसेको राष्ट्र बैंक बोर्ड बैठकले यस विषय खासै ठूलो  परिवर्तन नगर्ने भएको छ । राष्ट्र बैंकले घरकर्जा र सेयर कर्जाको भने सीमा भने बढाउने भएको छ । गाडी कर्जाको विषयमा भने मौद्रिक नीति मौन रहने स्रोतको भनाइ छ । 

यस वर्ष बैंक तथा वित्तीय संस्थामा प्रर्याप्त पुँजी भएकोले यस बैंकहरूलाई लगानी गर्नको लागि छाडिदिने सोच राष्ट्र बैंकले बनाएको हो । बैंकमा थुप्रिएको पुँजीलाई परिचालन नगरी बैंक तथा वित्तीय संस्थाको स्थायित्व नहुनेभन्दै अझ खुकुलो व्यवस्था ल्याउनु भन्दा नचलाउनु जाती भन्दै राष्ट्र बैंकले यस वर्षको मौद्रिक नीतिमा यी एजेन्डालाई नचलाउन लागेको हो । 

अहिले बैंक तथा वित्तीय क्षेत्रमा भएको तत्काल लगानी गर्न सक्ने क्षेत्र भनेको यिनै क्षेत्र भएकाले पनि राष्ट्र बैंकले बैंकहरूले आफ्ने तजबिजीमा चलाउन दिने सोचमा राष्ट्र बैंक पुगेको हो । अन्य व्यवसाय सुस्ताएको बेला तत्काल लागनी गर्न यी क्षेत्र नै उचित भएको राष्ट्र बैंकको भनाइ छ । 
लगानी कर्ता तथा व्यवसायीहरू यस प्रकृतिको कर्जामा ९० प्रतिशतसम्म लोन पाउनुपर्ने माग यसअघि राखेको छन् ।
 

प्रतिक्रिया दिनुहोस