aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 
विविध सुविधासहित् “प्रभु चेतना बचत खाता”

विविध सुविधासहित् “प्रभु चेतना बचत खाता”

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०४ बैशाख २०७६
विविध सुविधासहित् “प्रभु चेतना बचत खाता”

प्रभु बैंकले “प्रभु चेतना बचत खाता” नामको नयाँ बैंक खाता सञ्चालनमा ल्याएको छ । नेपाल सरकारको “खोलौं बैंक खाता अभियान, २०७६” भन्ने नेपाल सरकारको अभियानलाई  सफल रुपमा कार्यान्वयन गर्न प्रभु बैंकले बैशाख १ गते देखि  सञ्चालनमा ल्याएको हो ।

 “प्रभु चेतना बचत खाता” बाट  खोलिने प्रत्येक  ग्राहकको खातामा बैंकको तर्पmबाट १०० रुपैयाँ (एक सय रुपैयाँ) जम्मा गरिदिने व्यवस्था रहेको छ ।

यस खातामा जम्मा हुने रकममा वार्षिक ५ प्रतिशतका दरले ब्याज प्राप्त हुनेछ र  १ वर्षको लागि निशुल्क भिसा कार्ड तथा एसएमएस सेवा शुल्कमा ५० प्रतिशत छुट सुविधाको व्यवस्था रहेको  प्रभु बैंकले  जानकारी दिएको छ । सबै नेपालीहरुलाई बैंकिङ्ग प्रणालीभित्र अटाउने उद्देश्यका साथ उक्त बैंकले यो योजना ल्याएको  हो ।

प्रतिक्रिया दिनुहोस