
काठमाडौं । बाणिज्य बैंकहरु मर्जका लागि बम्पर उहारका रुपमा ल्याएको छ । राष्ट्र बैंकले चालू आवको मौद्रिक नीतिमा राष्ट्र बैंकले २०७९सम्म मर्ज गर्ने बाणिज्य बैंकहरुलाई अनिवार्य नगद मौजदात ०.५ र वैधानिक तरलता १ प्रतिशत छुट दिने भएको छ । २०७८ सम्म मर्जरमा गएर एकिकृत कारोबार गरे २०७९ सम्म सुविधा दिइने भएको छ।
त्यस्तै, राष्ट्र बैंकले बैंकका सञ्चालकहरुमा लगाएको उमेरको हद र राष्ट्र बैंकबाट निवृत्त भएका कर्मचारी नियुक्त गर्न समेत छुट दिइने राष्ट्र बैंक गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीतिको घोषणा गर्दै बताएका हुन ।
एकै घरपरिवारबाट सञ्चालित वित्तीय संस्थाहरुलाई थप मर्जका लागि प्रोत्साहन गर्ने उनले बताए । संस्थागत मुद्दतिमा तोकिएको सीमाभन्दा १० प्रतिशत बढि उठाउन पाइने छुट दिइने छ। बैंक व्यवस्थापनलाई कुलिङ पिरियड नलाग्ने बताए । तर, फोर्सफुल मर्ज भने नगरिने भएको छ । स्वेच्छिक मर्जलाई प्रोत्साहन गरिने नीति अघि सारिएको छ ।
प्रतिक्रिया दिनुहोस