aarthiknews.com सोमबार, ०२ असार २०८२   Monday, 16 June, 2025
 

प्रभु बैंकलाई २ अर्ब बराबरको ऋणपत्र विक्री गर्न बोर्डको अनुमति

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०२ साउन २०७७
प्रभु बैंकलाई २ अर्ब बराबरको ऋणपत्र विक्री गर्न बोर्डको अनुमति

काठमाडौं । प्रभु बैंकले रू. २ अर्ब बराबरको ऋणपत्र विक्री गर्न नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएको छ । बोर्डले असार ३१ गते प्रभुलाई उक्त ऋणपत्र विक्री गर्न स्वीकृति प्रदान गरेको हो ।

प्रतिकित्ता रू. १०० दरको २० लाख कित्ता ऋणपत्र मध्य बैंकले रू. १ अर्ब २० करोड बराबरको १२ लाख कित्ता व्यक्तिगत तवरबाट विभिन्न संघ संगठनहरुलाई विक्री गर्नेछ भने रू. ८० करोड बराबरको ८ लाख कित्ता भने सार्वजनिक निष्कासन मार्फत सर्वसाधारणलाई विक्री गर्नेछ । 

प्रभुले वार्षिक १० प्रतिशत व्याजदरको ८ वर्षे अवधिको प्रभु बैंक डिबेञ्चर २०८४ जारी गर्न लागेको हो । यो ऋणपत्र विक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेड रहेको छ ।
 

प्रतिक्रिया दिनुहोस