aarthiknews.com सोमबार, ०२ असार २०८२   Monday, 16 June, 2025
 

विदेशबाट ल्याए बैंक तथा वित्तीयले १२ करोड अमेरिकी डलर ऋण, कर्जा प्रवाह खुम्चियो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ०३ साउन २०७७
विदेशबाट ल्याए बैंक तथा वित्तीयले १२ करोड अमेरिकी डलर ऋण, कर्जा प्रवाह खुम्चियो

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले विदेशी बैंकबाट ११ करोड ८१ लाख अमेरिकी डलर र १ करोड १० लाख जापानी येन परिचालन गरेका छन् । बैंक तथा वित्तीय संस्थाले विदेशी बैंक तथा वित्तीय संस्था वा कुनै निकायबाट ऋण लिन पाउने व्यवस्था भएपछि बैंक तथा वित्तीय संस्थाहरूले सो ऋण परिचालन गरेका हुन् ।  

वाणिज्य बैंकहरूले गत आर्थिक वर्षमा विदेशबाट ७ करोड अमेरिकी डलर ऋण लिएका छन् । वािणज्य बैंकहरूले विदेशी बैंक तथा वित्तीय संस्थाबाट सो अवधिमा ९ करोड अमेरिकी ऋण स्वीकृत गराएपनि ७ करोडमात्र भित्र्याएका हुन् । सोही अवधिमा ३ लघुवित्तले वित्तीय संस्थाले २ करोड ६ लाख अमेरिकी डलर र १ करोड १० लाख जापानी येन ऋण लिने स्वीकृत पाएका छन् । 

 एनएमबी बैंक, एनआईसी एशियालगायतका बैंकहरूले विदेशबाट ऋण ल्याएको हुन् । इन्टरनेसनल फाइनान्स कर्पोरेसन ( आइएफसी) लगायतका वित्तीय संस्थासँग सम्झौता गरेर बैंकहरूले सो ऋण भित्र्याएका हुन् । 

आइएफसी विश्व बैंक ग्रूपअन्तर्गत पर्दछ । नेपालसहित १ सय बढी देशमा आइएफसीले विभिन्न क्षेत्रमा लगानी तथा वित्तीय व्यवस्थापनको कार्य गर्दै आएको छ । विभिन्न निजी क्षेत्रका उद्योगहरुले समेत आइएफसीबाट ऋण लिँदै आएका छन् । 

बैंक तथा वित्तीय संस्था गत आवमा कम कर्जा प्रवाह गरेका छन् । मौद्रिक बजारमा प्रवाह हुने कर्जामध्ये आन्तरिक कर्जाको वृद्धिदर १६.९ र निजी क्षेत्रतर्फको कर्जामा १३ प्रतिशत रहेको छ । गत आवको शुरुमा विभिन्न क्षेत्रमा प्रवाह हुने कर्जामध्य आन्तरिक कर्जाको वृद्धिदर २४ र निजी क्षेत्रतर्फको कर्जाको वृद्धिदर २१ प्रतिशतमा सीमित गर्ने लक्ष्य राखिएको थियो । तर, कोभिडका कारण प्रवाह हुने लक्ष्य राखिएको कर्जाको वृद्धिदर भेट नसकेको तथ्यांक राष्ट्रले मौद्रिक नीतिमार्फत सार्वजनिक गरेको छ । 

गत आर्थिक वर्षमा २ खर्ब १९ अर्ब १५ करोड तरलता प्रवाह भएको छ । सो तरलतामध्य रिपोमार्फत १ खर्ब १५ अर्ब ८७ करोड र स्थायी तरलता सुविधामार्फत १ खर्ब ३ अर्ब २८ करोड प्रवाह भएको हो । त्यसैगरी गत आवमा ७८ अर्ब तरलता प्रशोचन भएको छ । सोमध्ये ४ अर्ब २० करोड खरिद गरेर ४ खर्ब ९२ अर्ब २४ करोड तरलता प्रवाह गरेको छ । 
 

प्रतिक्रिया दिनुहोस