aarthiknews.com सोमबार, ०२ असार २०८२   Monday, 16 June, 2025
 

मितेरी डेभलपमेण्ट बैंकको बोनस शेयर हितग्राही खातामा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०४ साउन २०७७
मितेरी डेभलपमेण्ट बैंकको बोनस शेयर हितग्राही खातामा

काठमाडौंं । मितेरी डेभलपमेण्ट बैंकको बोनस शेयर सम्बन्धित शेयरधनीहरुको हितग्राही खातामा जम्मा भएको छ । कम्पनीले यस अघि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा असार ३१ गते सूचीकृत गराएको थियो । कम्पनीले १८ दशमलव ५३ प्रतिशत बोनस शेयर वापतको १० लाख ८३ हजार ७१२ दशमलव ५० कित्ता शेयर सूचीकृत गराएको हो । नेप्सेमा सूचीकृत भैसकेको शेयर हितग्राही खातामा जम्मा भैसकेपछि कारोबार गर्न सकिने भएको छ।

कम्पनीले उक्त बोनस गत चैत ८ गते १४ औं वार्षिक साधारण सभाबाट पारित गरेको थियो । गत फागुन २६ गतेसम्म आफ्नो भौतिक शेयर अभौतिकीकरण गराएका हरुको हकमा बोनस शेयर हितग्राही खातामा जम्मा गरेको र त्यस मिति पछि गराएका हरुको हकमा पनि क्रमश जम्मा गरिदै जाने कम्पनीको भनाई छ । कम्पनीको शेयर रजिष्ट्रारमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

प्रतिक्रिया दिनुहोस