aarthiknews.com सोमबार, ०२ असार २०८२   Monday, 16 June, 2025
 

एनआईबीएल एस क्यापिटले शुरु गर्यो “एनआईबीएल प्रोफेशनल पोर्टफोलियो सर्भिसʺ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०४ साउन २०७७
एनआईबीएल एस क्यापिटले शुरु गर्यो “एनआईबीएल प्रोफेशनल पोर्टफोलियो सर्भिसʺ

काठमाडौं । एनआईबीएल एस क्यापिटल लिमिटेडले पोर्टफोलियो मैनेजमेन्ट सेवा अन्तर्गत “एनआईबीएल प्रोफेशनल पोर्टफोलियो सेवा’ शुरुआत गरेको छ ।

मर्चेन्ट बैंकिंङ कम्पनी र नेपाल इनभेष्टमेन्ट बैंक लिमिटेडको सहयोगी कम्पनीले आप्mनो नयाँ प्रोडक्ट “एनआईबीएल प्रोफेशनल पोर्टफोलियो सेवा सञ्चालनमा ल्याएको कम्पनीले जनाएको छ ।

उक्त सेवा सञ्चालनमा ल्याउनुको उद्देश्य लगानी गर्न सीमित समय, विशेषज्ञता र कोषको साथ व्यस्त मानिसहरूको लागि लगानीको अवसर सिर्जना गर्नु रहेको जनाएको छ ।

कोविड–१९को प्रभाव पश्चात एनआईबीएल एस क्यापिटलले व्यवसाय र उद्यमीका लागि कर्पोरेट सल्लाहकार सेवा अन्तर्गत भर्खर दुई नयाँ उत्पादनहरू पनि सुरू गरेको छ ।

– “व्यापार आकलन र प्रभाव विश्लेषण“
 –“स्टार्ट–अप सेट–अप र क्यापिटल फन्डिङʺ

 

प्रतिक्रिया दिनुहोस