
काठमाडाैं । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा संचालन गर्ने नयाँ अनुमति आइतवारबाट रोकेको छ ।
राष्ट्र बैंकले भुक्तानी प्रणाली सञ्चालक (पीएसओ) तथा भुक्तानी सेवा प्रदायक (पीएसपी) को नयाँ अनुमतिपत्र दिन आइतबारबाट स्थगन गरेको जानकारी दिएको छ ।
बैंकले यअसघि सैद्धातिक सहमति प्रदान गरिए (आशय पत्र प्राप्त गरिसकेका) संस्थावाहेक नयाँ अनुमतिपत्र प्रदान गर्ने काम रोकिएको जनाएको छ ।
राष्ट्र बैंकले चालु आवको लागि मौद्रिक नीति सार्वजनिक गर्दै यस्तो अनुमति पत्र दिने कार्य बन्द गर्ने घोषणा गरेको थियो । मौद्रिक नीतिमा भएको ब्यवस्था अनुसार राष्ट्र बैंकले आइतबार लाइसेन्स बन्द गरेको हो ।
मौद्रिक नीतिमा पीएसपीको अनुमति पाएका संस्थाले २०७८ असार मसान्तसम्ममा कम्तिमा ३ लाख ग्राहक पुर्याउनुपर्ने र मासिक औषत कारोबार संख्या कम्तिमा ६ लाख पुर्याउनुपर्ने नत्र संस्थाको अनुमति पत्र खारेज गर्ने ब्यवस्था रहेको छ ।
सोही नीति अनुसार हाल राष्ट्र बैंकले अनुमति पत्र स्थगन गरिएको जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस