aarthiknews.com सोमबार, ०२ असार २०८२   Monday, 16 June, 2025
 

बैंकर डंगोलको नयाँ गीत सार्वजनिक

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०४ साउन २०७७
बैंकर डंगोलको नयाँ गीत सार्वजनिक


काठमडौं । बैंकिङ क्षेत्रमा रहेर आफ्नो करियर अगाडी बढाइरहेका बैंकर तथा गीतकार गौतम डंगोल ‘सन्देश’ को नयाँ गीत सार्वजनिक भएको छ । ‘म विनाको संसार’ बोलको उनको गीत बिहिवार युट्युव मार्फत सार्वजनिक भएको हो ।

भूगोल दाहालको स्वर रहेको गीतमा संगित भिषण निरौलाको रहेको छ भने संगित संयोजन सुमित आर्यर रोमी बस्नेतले गरेका हुन् । गीतको रेकर्डिङ, मिक्सिङ, मास्टरिङ सुमित आर्य गरेका हुन् ।

उनको यसअघि पनि दर्जन बढी गीतहरु सार्वजनिक भइसकेक छन् । नेपाली र नेवारीमा लेख्ने सन्देशको नेवारी गीत पनि सार्वजनिक भैसकेका छन् । यस्तै प्रिन्ट तथा अनलाईन मिडियामा गरि उनका १०० भन्दा बढि लेख रचना प्रकाशित छन् ।

हाल सम्म उनका गीतहरूमा भिषण निरौला, शक्ति बल्लभ, सचिन सिंह, फनिन्द्र राई, मनोहर सुनाम, हेम लामा, झुमा निरौला, गोबिन्द गुरूङ, रीमा गुरुङ, डेनी निरौला, भुगोल दहाल, जेम्स प्रधान, सुमित आर्य, किरण थापा, प्रदिप श्रेष्ठ, मनोहर सुनाम, किरण कँडेल लगायतले कम्पोज, अरेन्ज तथा स्वर दिएका छन् । 

गीतकार सन्देश हाल एनआइसी एशिया बैंकमा कार्यरत छन् । १६ वर्ष बैंकिङ क्षेत्रमा रहेका उनी एनआइसी एशियाको प्रबन्धक हुन् ।

प्रतिक्रिया दिनुहोस