aarthiknews.com सोमबार, ०२ असार २०८२   Monday, 16 June, 2025
 

सनराइज बैंकले गर्यो  नयाँ ब्याजदर सार्वजनिक

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०५ साउन २०७७
सनराइज बैंकले गर्यो  नयाँ ब्याजदर सार्वजनिक

काठमाडौं । सनराइज बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले आजदेखि लागु हुने गरी निक्षेपको नयाँ ब्याजदर सार्वजनिक गरेको छ ।

बैंकले सार्वजनिक गरेको नयाँ व्याजदर अनुसार बचत खातामा २ प्रतिशतदेखि ७ दशमलव ५० प्रतिशतसम्म ब्याज दिने भएको छ । बैकले १० प्रकारका बचतमा २.५० प्रतिशत र ५ प्रकारका बचत खातामा ४ प्रतिशत ब्याज दिने जनाएको छ ।

बैंकले मुद्दती निक्षेपमा अधिकतम ७ दशमलव ५० प्रतिशत र संस्थागतमा ६.५० प्रतिशत तथा नवीकरण गर्नेलाई  केहि बढी ब्याज दिने भएको छ। 
 


 

प्रतिक्रिया दिनुहोस