aarthiknews.com सोमबार, ०२ असार २०८२   Monday, 16 June, 2025
 

प्रभु बैंकको संस्थापक शेयरमा गोप्य शिलबन्दी पेश गर्ने अन्तिम दिन आज

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०५ साउन २०७७
प्रभु बैंकको संस्थापक शेयरमा गोप्य शिलबन्दी पेश गर्ने अन्तिम दिन आज

काठमाडौं । प्रभु बैंकले असार २१ गतेदेखि विक्रीमा ल्याएको संस्थापक शेयर लिलामीमा गोप्य शिलबन्दी पेश गर्ने साउन ५ गते सोमवार अन्तिम दिन रहेको छ । 

बैंकले २८ लाख १० हजार कित्ता संस्थापक शेयर विक्री खुला गरेको हो । यो शेयरको न्यूनतम मूल्य प्रतिकित्ता रू. १२२ तोकिएको छ । बोलपत्र पेश गर्दा सो वा सोभन्दा बढी मूल्य अंकित गर्नुपर्नेछ । 

आवेदन दिदाँ न्यूनतम १ लाख कित्ताका लागि दिन सकिनेछ भने अधिकतमका लागि कुनै हद तोकिएको छैन् । सबैभन्दा बढी दररेटमा खरिद माग गर्ने आवेदकलाई शेयर विक्री गरिने बैंकले जानकारी दिएको छ । 

प्राप्त आवेदन साउन ६ गते विहान १० बजे मुक्तिनाथ क्यापिटलको कार्यालय, कमलादी, काठमाडौंमा खोलिने बैंकले बताएको छ ।
 

प्रतिक्रिया दिनुहोस