
काठमाडौं । गत आर्थिक वर्षको चौंथो त्रैमाससम्म मञ्जुश्री फाइनान्सले रू.२८ करोड ९ लाख ६ हजार खुद नाफा गरेको छ ।
यो नाफा अघिल्लो आवको सोहि अवधिमा रू. ७ करोड ३१ लाख ३२ हजार थियो । अघिल्लो आवमा भन्दा गत आवमा कम्पनीको खुद नाफा २८४ प्रतिशत बढी भएको छ ।
गत वर्ष अघिल्लो वर्षभन्दा गत वर्ष गैर सञ्चालन आम्दानी उल्लेख्य मात्रामा भएकाले यस वर्ष नाफामा उल्लेख्य बृद्धि भएको हो । अघिल्लो आवमा शून्य रहेको गैर सञ्चालन आम्दानी गत वर्ष चौंथो त्रैमासमा रू.२० करोड ४२ लाख ७५ हजार भएको छ ।
हाल कम्पनीको चुक्तापूँजी रू. ८१ करोड ८१ लाख ३१ हजार रहेको छ । अघिल्लो वर्ष रू. १२ करोड ९३ लाख रहेको जगेडा कोष रकम यस वर्ष बढेर रू. २७ करोड ६० लाख ९२ हजार पुगेको छ ।
चौंथो त्रैमासमा रू. ५ अर्ब ८४ करोड ८३ लाखभन्दा बढी निक्षेप संकलन गरेको कम्पनीले रू. ५ अर्ब ८१ करोड ८२ लाखभन्दा बढी कर्जा प्रवाह गरेको छ ।
गत चौंथो त्रैमाससम्म कम्पनीको वितरणयोग्य नाफा रू. ११ करोड ९४ लाख ७५ हजार छ । प्रतिशेयर आम्दानी रू. ३४ दशमलव ३४ र प्रतिशेयर नेटवर्थ रू. १४८ दशमलव ४० रहेको छ ।
प्रतिक्रिया दिनुहोस