aarthiknews.com सोमबार, ०२ असार २०८२   Monday, 16 June, 2025
 

प्रभु बैंकको डेपुटी  सिईओमा मणिराम पोखरेल नियुक्त

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०५ साउन २०७७
प्रभु बैंकको डेपुटी  सिईओमा मणिराम पोखरेल नियुक्त

काठमाडौं । प्रभु बैंकको डेपुटी प्रमुख कार्यकारी अधिकृतमा मणिराम पोखरेललाई नियुक्त भएको छ । बैंकिङ क्षेत्रमा तीन दशकभन्दा लामो समयको अनुभाव रहेको छ ।  पोखरेललाई बैंक सञ्चालक समितिले  साउन १ गतेदेखि लागू हुनेगरी नियुक्त गर्ने निर्णय गरेको हो ।

समृद्धि विकास बैंक प्रभु विकास बैंकमा गाभिएपछि पोखरेलले प्रभु बैंकमा दोस्रो पोजिसनमा कार्य गर्दै आइरहेका थिए । सन् १९९० मा सहायक स्तरबाट नबिल बैंकबाट बैंकिङ्ग करियर शुरु गरेका पोखरेलसँग नेपाल एसविआई बैंक, एनसीसी बैंक, हिमचुली विकास बैंकमा समेत काम गरेका अनुभव छ।
 

प्रतिक्रिया दिनुहोस