aarthiknews.com सोमबार, ०२ असार २०८२   Monday, 16 June, 2025
 

बैंकिङ कसुर मुद्दामा फरार सिलवाल पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०५ साउन २०७७
बैंकिङ कसुर मुद्दामा फरार सिलवाल पक्राउ

काठमाडौं । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी भक्तपुर बालकोट ठेगाना भएका ५६ वर्षीय मधुसुधन सिलवाललाई भक्तपुर सिद्धपोखरीबाट आइतबार प्रहरीले पक्राउ गरेको छ । 

सिद्धार्थ डेभलपमेण्ट बैंकको, बैंकिङ कसुर सम्बन्धी मुद्दामा बैंकका तत्कालीन संचालक समेत रहेका मधुसुधन २०७० असार ४ गते पक्राउ परी अनुसन्धान गरिएकोमा उच्च अदालत पाटनको २०७० साउन ११ गतेको आदेशले ३० लाख धरौटी माग भएकोमा धरौटी रकम तिरी तारेखमा रहेका थिए । मधुसुधनले अदालतको म्याद गुजारी बसेको हुँदा २०७३ असोज ४ गतेको उच्च अदालत पाटनको फैसला बमोजिम २ वर्ष कैद र ३० लाख रुपैयाँ धरौटी जफत हुने फैसला भएको थियो । 

 यसैगरी सोही बैंकको बैंकिङ कसुर सम्बन्धी अर्को मुद्दामा उच्च अदालत पाटनको २०७३ चैत २४ गतेको फैसला बमोजिम ३ वर्ष कैद र १ करोड जरिवाना फैसला भएकोमा दुबै मुद्दामा दोषी करार भई फरार रहेका  थिए । 
 

प्रतिक्रिया दिनुहोस