
काठमाडौं । महालक्ष्मी विकास बैंक लि.मा रिक्त रहेको प्रमुख कार्यकारी अधिकृत पदमा सागर शर्मा नियुक्त भएका छन् । गत श्रावण ०२ गते बसेको सञ्चालक समितिको निर्णय अनुसार बैंकका बरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत शर्मालाई समितिले कायममुकायम प्रमुख कार्यकारी अधिकृतको रुपमा नवनियुक्त गरेको हो ।
बैंक परिवारको तर्फबाट केन्द्रिय कार्यालय दरबारमार्गमा स्वागत कार्यव्रmम सम्पन्न गरिएको थियो । उक्त कार्यव्रmममा संस्थाका नियुक्त कायममुकायम प्रमुख कार्यकारी अधिकृत शर्माले बैंक प्रतिको जनविश्वास, निष्ठा कायम राख्दै गुण्स्तरिय सेवा प्रदान गर्न सदा तत्पर रहने प्रतिबद्घता जनाएको छ । त्यसैगरी उनले बैंकको लक्ष्य र उद्देश्य प्राप्तिका लागि आफु साथसाथै सम्पूर्ण कर्मचारीलाई प्रयत्नशिल रहन आग्रह गरेको छ ।
प्रतिक्रिया दिनुहोस