aarthiknews.com सोमबार, ०२ असार २०८२   Monday, 16 June, 2025
 

गरिमा विकास बैंकले सस्तो ब्याजदर मै घरकर्जा उपलब्ध गराउने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०६ साउन २०७७
गरिमा विकास बैंकले सस्तो ब्याजदर मै घरकर्जा उपलब्ध गराउने

काठमाडौं । गरिमा विकास बैंकले सस्तो ब्याजदर मै घरकर्जा उपलब्ध गराउने भएको छ । बैंकले ९ दशमलव ९९ प्रतिशत व्याजदरमा घर कर्जा उपलब्ध गराउने भएको हो । 

बैंकले यस कर्जाको लागि लाग्ने सेवा शुल्कमा ५० प्रतिशत छुट दिने जनाएको छ । बैंकले कर्जा स्वीकृत भएको १ वर्षसम्म ब्याजदरमा परिवर्तन नगर्ने र घर निर्माण गर्दा लाग्ने लागतको शतप्रतिशतसम्मको कर्जा लगानी गरिने जनाएको छ ।

त्यस्तै बैंकले यस योजनाको कर्जामा अग्रिम भुक्तानी गरेमा शुल्क नलाग्ने, ३० वर्षसम्मको कर्जा भुक्तानी तालिका प्रदान गरिने, २ वर्षसम्म ग्रेस अवधि दिईने, र ग्रेस अवधिमा ब्याजमात्र भुक्तानी गर्न सकिने जनाएको छ । 

प्रतिक्रिया दिनुहोस