aarthiknews.com सोमबार, ०२ असार २०८२   Monday, 16 June, 2025
 

राष्ट्रिय वाणिज्य बैंकले सार्वजनिक गर्यो नयाँ ब्याजदर

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०७ साउन २०७७
राष्ट्रिय वाणिज्य बैंकले सार्वजनिक गर्यो नयाँ ब्याजदर

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले आजैदेखि लागु हुनेगरि नयाँ ब्याजदर सार्वजनिक गरेको हो । 

नयाँ ब्याजदरमा मुद्दती निक्षेप तर्फ व्यक्तिगत ७.२५ र संस्थागत ६.५० प्रतिशत रहेको छ । यता बचतमा ०.७५ देखि ५ प्रतिशतसम्म ब्याज रहेको छ ।

बैंकले बचतको मात्रै नभएर कर्जाको ब्याजदर पनि सार्वजनिक गरेको छ । जेठ मसान्तसम्म बैंकको आधार दर ६.०७ प्रतिशत रहेको छ । आधार दर परिवर्तन भएसँगै कर्जाको ब्याजदर पनि परिवर्तन हुनेछ । बैंकबाट कर्जा लिँदा सबैभन्दा बढी ९.३२ प्रतिशत ब्याज लाग्ने छ ।

बैंकबाट ओभरड्राफ्ट, धितो कर्जा, औद्योगिक, व्यापारीक, हाउजिंग, रियल स्टेट, सुन, थोक, प्रत्यक्ष, कृषि, करार कर्जा, गाडी, शैक्षिक, सेयर धितो, मोटरेज कर्जा लिँदा ९.३२ प्रतिशत ब्याज लाग्ने छ ।

 

 

प्रतिक्रिया दिनुहोस