aarthiknews.com सोमबार, ०२ असार २०८२   Monday, 16 June, 2025
 

मुक्तिनाथ विकास बैंकको कर्जामा भारी छुट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०७ साउन २०७७
मुक्तिनाथ विकास बैंकको कर्जामा भारी छुट

काठमाडौं । मुक्तिनाथ विकास बैंकले विभिन्न कर्जाहरुमा “मुक्तिनाथ ग्राहक विशेष लाभ योजना” नामक आकर्षक कर्जा योजना सञ्चालनमा ल्याएकोे छ । यस योजना अन्तर्गत अधिकांश कर्जाहरुमा सीमित अवधिका लागि आकर्षक सेवा तथा सुविधाहरु प्रदान गर्ने छ । 

यस योजनामा न्युनतम ब्याजदर, ४८ कार्य घण्टा भित्र कर्जा स्वीकृती गरिने, नियमित किस्ता तिरेमा तिरेको ब्याजमा १० प्रतिशत छुट, एक वर्षसम्म कर्जा स्वीकृत हुँदा कायम ब्याजदर परिवर्तन गरिने छैन, कर्जा सेवा शुल्क अधिकतम १ प्रतिशत मात्र, विना सुरक्षण शुल्कमा लकर सुविधा र बैंकको नियमानुसार शर्तहरु लागु हुनेछ । 

यसका साथै, बैंकबाट कर्जा लिनु भएका ग्राहकहरुले २०७७ असार मसान्तको कर्जाको तिर्न बाँकी सांवा र ब्याज यही २०७७ श्रावण मसान्तसम्ममा चुक्ता गर्नुभएमा कर्जाको ब्याजदरमा २ प्रतिशत सम्मको छुट प्रदान गर्ने व्यबस्था बैंकले ल्याएको छ । 

मुक्तिनाथ विकास बैंकले हाल ४२ जिल्लामा १३६ वटा शाखाहरु मार्फत ग्राहकका आवश्यकता बमोजिमका सबै प्रकारका बचत, निक्षेप तथा कर्जा सेवाहरु प्रदान गर्दै आइरहेको छ । साथै, प्रविधिमा आधारित रही मोबार्ईल बैंकिङ्ग, क्यूआर पेमेन्ट, एटिएम, अनलाईन बैंकिङ्ग लगायतका सेवाहरु पनि प्रदान गर्दै आई रहेको छ ।

प्रतिक्रिया दिनुहोस