aarthiknews.com सोमबार, ०२ असार २०८२   Monday, 16 June, 2025
 

कामना सेवाद्वारा यातायात व्यवसायीलाई ब्याजमा भारी छुट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०७ साउन २०७७
कामना सेवाद्वारा यातायात व्यवसायीलाई ब्याजमा भारी छुट

काठमाडौँ। कोभिड–१९ को कारण देशको समग्र अर्थ व्यवस्थामा नराम्रो प्रभाव पारेको र विशेषगरी यसबाट यातायात व्यवसाय सबैभन्दा बढि प्रभावित भएको भन्दै कामना सेवा विकास बैकले यातायात व्यवसायीलाई ब्याजमा छुट दिने घोषणा गरेको छ। बैंकबाट जारी बिज्ञप्तिमा उल्लेख भए अनुसार व्यावसायिक प्रयोजनको लागि हायर पर्चेज कर्जा सुविधा लिई व्यवसाय गर्दै आएका ग्राहकहरुलाई विशेष राहत दिने उद्देश्यका साथ ब्याजमा भारि छुट दिने योजना ल्याएको हो।

उक्त योजना अन्तर्गत बैंकले यस्ता कर्जा लिएका ग्राहक महानुभावहरुले २०७७ साल आषाढ मसान्तसम्मको चुक्ता भुक्तान गर्न बाँकी साँवा र ब्याज २०७७ साल श्रावण २० गते सम्म भुक्तानी गरेको खण्डमा श्रावण महिनाको ब्याज रकममा ५० प्रतिशतले छुट दिने योजना सार्वजनिक गरेको छ । आषाढ महिनासम्मको साँवा तथा ब्याज आषाढ महिना भित्रै भुक्तानी गरेका ऋणीहरुले समेत यो योजनाबाट लाभ उठाउन सक्नेछन् । यो योजनाले यातायात व्यवसायिहरुलाई अधिकतम लाभ पुर्याई व्यवसाय सञ्चालनमा थप सहजता पुर्याउने समेत बैकले विश्वास लिएको छ । 

काठमाडौं –३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको यस बैंकका देशका विभिन्न भागहरुमा १२४ वटा शाखा तथा ६६ वटा एटीएम मार्फत ग्राहकहरुलाई आफनो सेवा तथा सुविधाहरु प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस