
काठमाडौं । नेपाल क्लियरिङ हाउस (एनसीएचएल) ले गत आर्थिक वर्षमा कुल २ करोड ६ लाख भन्दा बढीको भुक्तानी कारोबार फछ्र्यौट गरेको छ । गत आवमा भएको कारोबार अघिल्लो आर्थिक वर्षको तुलनामा २२.२५ ले बढी हो । एनसीएचएल विभिन्न भुक्तानी प्रणाली मार्फत ९६ खर्ब रुपैयाँको कारोबार गरेको छ । यसका साथै सोही भुक्तानी प्रणालीमार्फत एनसीएचएलले ३२ करोड अमेरिकी डलर, २३.८ करोड युरो र १७.१ करोड स्टेर्लिंग पाउण्डको समेत कारोबार गरेको छ ।
राष्ट्रियस्तरका भुक्तानी प्रणालीको विकासमा निरन्तर टेवा पुर्याउँदै आएको एनसीएचएलको स्थापना वर्षदेखि हालसम्मको वृद्धी दर ५८.८५ पुगेको छ । हाल एनसीएचएलका विभिन्न भुक्तानी प्रणालीहरूमार्फत दैनिक औसत ३ ६अर्ब २० करोड रुपैयाँ बराबरको ७७ हजार ११५ भुक्तानी कारोबार हुने गरेको छ ।
एनसीएचएल इसीसी, एनसीएचएल आइपीएस र कनेक्ट आइपीएस लगायतका विभिन्न भुक्तानी तथा फछ्र्यौटका प्रणालीहरू संचालनमा रहेका छन् । यसका साथै विभिन्न संस्थाहरुको भुक्तानी कारोबारहरू थप सहज बनाउन नेशनल पेमेन्ट्स इन्टरफेस तथा कनेक्ट आरटीजीएस पनि सञ्चालन गर्दै आएको छ ।
विभिन्न भुक्तानी प्रणालीहरुको एकीकृत इन्टरफेसको रुपमा विकास गरिएको एनपीआइमार्फत हाल बैंक वित्तिय संस्था, पीएसपी पीएसओ, लगायतका विभिन्न सेवा प्रदायक संस्थाहरुलाई जोडी भुक्तानी कारोबार सहज बनाइएको छ ।
यी प्रविधिको माध्यमबाट सरकारी निकायमा पनि तलब भुक्तानी, थर्ड पार्टी भुक्तानी लगायतका विभिन्न भुक्तानी एवम् राजस्व संकलनका निम्ति हुँदै आएकोमा गत आवमा २ खर्ब १९ अर्ब रुपैयाँ बराबरको अन्तरबैंक सरकारी भुक्तानी तथा ३.१२ अर्ब रुपैयाँ बराबरको राजस्व संकलन एनसीएचएलका प्रणालीहरुमार्फत भएका छन् ।
प्रतिक्रिया दिनुहोस