aarthiknews.com सोमबार, ०२ असार २०८२   Monday, 16 June, 2025
 

नबिल बैंकले ल्यायो कर्जाका चार योजना यस्ता

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०८ साउन २०७७
नबिल बैंकले ल्यायो कर्जाका चार योजना यस्ता

काठमडौं । नबिल बैंकले घर, धितो, व्यक्तिगत ओभरड्राफ्ट र साना तथा मझौला कर्जामा नयाँ योजना ल्याएको छ । बैंकले आफ्नो ३६ औं वार्षिकोत्सवको अवसर पारेर यस्तो योजना ल्याएको हो । योजनाअन्तर्गत बैंकले रिटेल कर्जा (घर कर्जा, धितो कर्जा, व्यक्तिगत ओभरड्राफ्ट) र साना तथा मझौला व्यवसाय कर्जामा विशेष ब्याज छुट दिने भएको छ । 

बैंकले ७.९९ प्रतिशतमा घर, साना तथा मझौला कर्जा  र ८.४९ प्रतिशतमा  धितो कर्जा तथा व्यक्तिगत ओभरड्राफ्ट दिने बैंकले जानकारी दिएको छ । बैंकले यो योजना सीमित समयका लागि ल्याएको हो । बैंकले यी योजना सबै शाखाबाट अगाडि बढाउन सकिने विज्ञप्तिमा उल्लेख छ ।  
 

प्रतिक्रिया दिनुहोस