aarthiknews.com सोमबार, ०२ असार २०८२   Monday, 16 June, 2025
 

सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृतले दिए राजीनामा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०९ साउन २०७७
सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृतले दिए राजीनामा

काठमाडौं । सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत जनराज शर्मा पौडेलले राजीनामा दिएका छन् । बैंक स्रोतका अनुसार बैंकको सञ्चालक समितिसँगको मनमुटावका कारण उनले राजीनामा दिएका हुन् । 

गत वर्ष असारमा नियुक्त भएका पौडेलले सनराइज जानु भन्दा अगाडी ग्लोबल आइएमई बैंकमा पनि ६ महिना काम गरेर छोडेका थिए । 

गत वर्ष सनराइज बैंकको सञ्चालक समितिमा पौडेललाई नियुक्त गर्ने क्रममा पनि विवाद भएको थियो । 

बैंकको संचालक समितिको बैठकले निरज श्रेष्ठलाई प्रमुख कार्यकारी अधिकृत (सिइओ) पदमा नियुक्त गरेको लगत्तै विवाद भएपपछि संचालकहरु शैलेन्द्र गुरागाईँ र मालचन्द्र दुगडको असहमतिले श्रेष्ठको नियुक्तीमा खारेज गरिएको थियो । 

त्यसपछि भएको पौडेलको नियुक्तीबाट श्रेष्ठलाई नियुक्ती गर्ने समुह असन्तुष्ट भएपनि मौन बसेको थियो । श्रोतका अनुसार अहिले पौडेलबाट आएको राजिनामा त्यहि विवादको उत्कर्ष हो । 

प्रतिक्रिया दिनुहोस