aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

नेपाल इन्भेष्टमेन्टको २ लाख १४ हजार कित्ता संस्थापक शेयर लिलामीमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १६ जेठ २०७६
नेपाल इन्भेष्टमेन्टको २ लाख १४ हजार कित्ता संस्थापक शेयर लिलामीमा

नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले आज बिहीबार जेठ १६ गते देखि २ लाख १४ हजार ६१० कित्ता संस्थापक शेयर लिलामी बिक्रीमा ल्याएको छ । यसमा बैंकका संस्थापक शेयरधनीका साथै अन्य योग्य व्यक्ति तथा संस्थाले बोलपत्र पेश गर्न सक्नेछन् ।
 
बैंकले शेयरको मूल्य न्यूनतम ३०० रुपैयाँ तोकेको छ । यसैलाई आधार मूल्य मानेर जेठ २३ गतेसम्म लिलामीको बोलपत्र पेश गर्न सकिनेछ । 

लगानीकर्ताले न्यूनतम ३ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन पाउनेछन् । बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल, लाजिम्पाट काठमाडौं आइपुग्ने गरी बोलपत्र पेश गर्नुपर्नेछ ।

लगानीकर्ताले एनआईबिएल एस क्यापिटल लाजिम्पाटबाट ५०० रुपैयाँ तिरेर आवेदन फारम प्राप्त गर्नसक्नेछन् भने जेठ २३ गते कार्यालय समयभित्र क्यापिटलमा बोलपत्र दर्ता भइसक्नुपर्ने बताइएको छ।

उक्त लिलामीको बोलपत्र जेठ २४ गते बिहान १०:३० बजे एनआईबिएल एस क्यापिटल लाजिम्पाटमा खुला गरिने बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस