aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

लक्ष्मी बैंक र महालक्ष्मी लाईफ इन्स्योरेन्सबीच सम्झौता

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १६ जेठ २०७६
लक्ष्मी बैंक र महालक्ष्मी लाईफ इन्स्योरेन्सबीच सम्झौता

लक्ष्मी बैंक लिमिटेड र महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेड बीच बीमा सेवा दिने सम्बन्धमा एक समारोह बीच सम्झौता भएको छ। 

सम्झौता अनुसार लक्ष्मी बैंक लिमिटेडले देश भर रहेका आफ्ना १०६ शाखाहरुबाट महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडको जीवन बीमा योजनाहरु बिक्री गर्नेछ। 

महालक्ष्मी लाईफ इन्स्योरेन्सले साबधिक बीमा योजना, डबल साबधिक बीमा योजना र लगानी फिर्ता बीमा योजना सार्वजनिक गर्दै २०७५ माघ २७ गतेबाट कारोबार प्रारम्भ गरी पूर्व मेची देखि पश्चिम महाकाली सम्म २७ वटा शाखाहरू तथा उपशाखा कार्यालयहरूबाट कारोबार प्रारम्भ गरिसकेको छ।

सम्झौतामा लक्ष्मी बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अजय बिक्रम शाह र महालक्ष्मी लाईफ इन्स्योरेन्स लि। को तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले हस्ताक्षर गरेको हो । 

प्रतिक्रिया दिनुहोस