aarthiknews.com सोमबार, ०२ असार २०८२   Monday, 16 June, 2025
 

सनराइज बैंकले घटायो कर्जाको ब्याजदर, शेयर धितोमा पनि कर्जा दिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ११ साउन २०७७
सनराइज बैंकले घटायो कर्जाको ब्याजदर, शेयर धितोमा पनि कर्जा दिने

काठमाडाैं । सनराइज बैंकले आफ्ना ग्राहकहरुलाई आकर्षक व्याजदरमा कर्जा प्रवाह गर्ने योजना सहित सहज तथा सरल किस्ताबन्दीमा घर निर्माण, घर तथा जग्गा खरिद र शेयरको धितोमा कर्जा दिने व्यवस्था गरेको छ ।

सन्राइज घर कर्जा (-Sunrise Home Loan) अन्तर्गत सेवाग्राहीले ४० वर्षसम्मको अवधिका लागि ८.९५५ व्याजदरमा घर जग्गा कर्जा लिन पाउनेछन् । यसै गरी बैंकले शेयर धितो कर्जामा (Loan Against Shares) ९.९५५ ब्याजदरमा कर्जा प्रवाह गर्ने जनाएको छ ।

 Covid -19  ले अर्थव्यवस्थामा परिरहेको असहज परिस्थितिका बावजुत पनि कर्जा सुबिधालाई सहजीकरण गर्ने उद्देश्यले बैंकले यो योजना ल्याएको हो ।

कर्जा लिन चाहने ग्राहकहरुले विना झन्झट छिटो छरितो कर्जा प्राप्त गर्न सक्नेछन् । ग्राहक महानुभावहरुले देशका १३४ स्थानमा फैलिएको सन्राइज बैंकका शाखाहरुबाट यो सुविधा उपभोग गर्न सक्ने बैंकले जनाएकाे छ । 

आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गर्दै बैंकले यस्ता सरल तथा सहज किसिमका कर्जा योजनाहरु भविष्यमा पनि ल्याउँदै जाने जनाएको छ । 

प्रतिक्रिया दिनुहोस