
काठमाडौं । तिनाउ मिसन डेभलपमेण्ट बैंकले गत आर्थिक वर्षको चौंथो त्रैमाससम्म रू. १९ करोड ६८ लाख ९ हजार खुद नाफा गरेको छ ।
कम्पनीले साउन ११ गते आइतवार उक्त अवधिको वित्तीय विवरण सार्वजनिक गरेको हो ।
कम्पनीको नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३८२.८९ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षमा बैंकले ४ करोड ७ लाख ५६ हजार खुद नाफा गरेको थियो । गत आवमा अघिल्लो आवको तुलनामा कम्पनीको सञ्चालन मुनाफा बढेसँगै खुद नाफा पनि बढेको हो ।
कम्पनीको खुद ब्याज आम्दानी रू. २१ करोड ७९ लाख १८ हजारदेखि बढेर रू. ६५ करोड ३० लाख २९ हजार भएको छ । अघिल्लो आवमा सञ्चालन मुनाफामा रू. १२ करोड ४५ लाख ७८ हजार रहेकोमा गत आवमा रू. २८ करोड १० हजार भएको छ ।
गत चौंथो त्रैमाससम्म कम्पनीको वितरण योग्य मुनाफा रू. ११ करोड २९ लाख ५१ हजार रहेको छ । गत वर्ष कम्पनीले रू. १६ अर्ब ५ करोड ५७ लाख निक्षेप संकलन गरेको छ भने रू. १२ अर्ब ३३ करोड २३ लाख कर्जा प्रवाह गरेको छ ।
अघिल्लो आर्थिक वर्ष रू. ७ दशमलव १६ रहेको कम्पनीको प्रतिशेयर आम्दानी रू. १० रुपैयाँ ८५ कायम भएको छ । प्रतिशेयर नेटवर्थ रू. १२२ दशमलव ८६ रहेको छ ।
हाल रू. १ अर्ब ८१ करोड ३१ लाख चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा रू. २९ करोड ४२ लाख र शेयरधनी कोषमा रू. १२ करोड ३ लाख रहेको छ ।
प्रतिक्रिया दिनुहोस