
काठमाडौं । कामना सेवा विकास बैंक लि. र नेपालको साङ्गीतिक क्षेत्रका प्रख्यात पप गायक, गीतकार तथा सङ्गीतकार सुगम पोखरेलबीच बैंकको आधिकारिक आवाज बन्ने सम्बन्धमा सम्झौता सम्पन्न भएको छ ।
यो सम्झौता पश्चात बैंकको आधिकारिक आवाजको रुपमा गायक पोखरेलको आवाज रहनेछ । बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले बैंकको गतिविधिहरुमा आफ्नो सुमधुर अवाज दिई बैंकको सारथीको भूमिका निर्वाह गर्ने स्वीकृति दिएकोमा गायक पोखरेलप्रति हार्दिक आभार प्रकट गरेको थियो ।
भने गायक पोखरेलले आफूलाई यो अबसर प्रदान गरेकोमा बैंकलाई धन्यवाद दिनु हुंदै आफ्नो तर्फबाट बैंकको ख्याती एवं श्रीवृद्धिमा जस्तो सुकै सहयोग गर्ने बचनबद्धता समेत व्यक्त गरेको थियो ।
प्रतिक्रिया दिनुहोस