aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

सोमबार १० करोडको ट्रेजरी बिल बिक्री गरिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ११ साउन २०७७
सोमबार १० करोडको ट्रेजरी बिल बिक्री गरिने

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकले एक सूचनामार्फत सोमबार टे«जरी बिल बिक्री हुन लागेको जनाएको हो । ट्रेजरी बिल बोलकबोलको प्रक्रियाबाट बिक्री गरिनेछ ।

कूल ९१ दिने अवधिका लागि बिक्री गर्न लागिएको सो टे«जरी बिल आगामी कात्तिक ११ गते परिपक्व हुनेछ । यसअघि बैंकले यही साउन ५ गते पनि  पाँच अर्ब २० करोड रुपैयाँ बराबरको टे«जरी बिल बिक्री गरेको थियो । 

प्रतिक्रिया दिनुहोस