
काठमाडौं । नेपाल क्लियरिङ हाउस(एनसीएचएल) ले कर्पोरेट हाउसहरूको आर्थिक कारोबारलाई ध्यानमा राखेर ‘कर्पोरेट एप’ सेवा शुरु गर्ने भएको छ । एनसीएचएलले मल्टिपल सिग्नेचरहरू एउटै सिष्टमबाट चलाउन मिल्ने गरी ‘कर्पोरेट एप’ ल्याउन लागेको हो ।
हि साउन अन्तिम सातासम्म लञ्च गरी सक्ने गरी तयार भइरहेको उक्त एपमा अहिले मल्टिपल सिग्नेचर (हस्ताक्षर)को सिष्टम मिलाउने काम भइरहेको नेपाल क्लियरिङ हाउसकी प्रमुख अपरेटिङ अफिसर मुन्नी राजभण्डारीले बताइन् । यसअघि एनसीएचएलबाट सञ्चालमा आएका जति पनि सेवा छन् त्यसमा मल्टिपल सिग्नेचर मिलाउन सकिएको थिएन,’ उनले भनिन् ‘यो एपबाट भने हामीले मल्टिपल सिग्नेचर होल्डिङ सिष्टम सहितको सेवा पनि दिन सक्छौं ।’
अब यो एप सञ्चालनमा आएपछि कार्यालयमै बसेर पैसा पठाउन सक्नुका साथै पैसा उठाउन पनि सकिने छ । राष्ट्र बैंकले दिएको सुविधाको सीमाभित्र रहेर नै यो कर्पोरेट एप सञ्चालन गरिने छ । यो अहिले सञ्चालमा आउकोभन्दा भिन्न प्रकारको वित्तीय उपकरण हो । विशेषतः यो एप कर्पोरेट हाउसहरूलाई लक्षित गरी ल्याउन लागिएको हो ।
‘नगद कारोबार गरिरहेका तथा अन्य सेवा लिइरहेका कर्पोरेट हाउसलाई लक्षित गरी यो एप सञ्चालनमा ल्याउन लागेको हौं,’ उनले भनिन् ‘एनसीएचएलले नगद कारोबारलाई निरुत्साहित गर्दै कर्पोरेट हाउसमा हुने अन्य कारोबारलाई डिजिटल प्रणालीमा प्रवेश गराउन नयाँ एपको कन्सेप्ट ल्याएको हो ।’
एनसीएचएलले कनेक्ट आईपीएस पछि ल्याउन लागेको यो अर्को डिजिटल पेमेन्ट हो कर्पोरेट एप । कनेक्ट आईपीएस रिटेल पेमेन्ट (खुद्रा भुक्तानी) गर्ने ई–पेमेन्ट सिष्टम हो । यसबाट व्यक्ति–व्यक्तिबीच, बैंक–बैंकबीच, बैंक र व्यक्तिबीच रियल टाइम रिटेल पेमेन्ट हुँदै आएको छ ।
एनसीएचएलले ईसीसी, आईपीएस, नेशनल पेमेन्ट इन्टरफेस (एनपीआई)जस्ता विद्युतीय प्रणालीहरू सञ्चालनमा ल्याएको छ । बैंकहरुले आफ्नै मोबाइल बैंकिङ, ई–बैंकिङ तथा कर्पोरेट च्यानलहरुको माध्यमबाट पनि कनेक्ट आईपीएसको कारोबार गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस