aarthiknews.com सोमबार, ०२ असार २०८२   Monday, 16 June, 2025
 

सरिता गिरीकाे ठाउँमा लिला सिटौला निर्वाचित घोषणा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १२ साउन २०७७
सरिता गिरीकाे ठाउँमा लिला सिटौला निर्वाचित घोषणा

काठमाडौं । जनता समाजवादी पार्टीको सिफारिसमा लिला सिटौलालाई प्रतिनिधि सभा सदस्यमा निर्वाचित घोषणा गरेको छ ।

पार्टीकी सांसद सरिता गिरीलाई ह्विप उल्लंघन गरेको भन्दै निस्काशन गरिएपछि रिक्त गरेको समानुपातिक तर्फ खस-आर्य समूहमा सिटौलालाई पार्टीले सांसदमा सिटौलालाई चयन गरेको हो ।

नेपालले जारी गरेको भारतद्वारा अतिक्रमित भूमिसहितको नक्साविरुद्ध उभिएपछि गिरीलाई समाजवादीले कारवाही गरेको हो । सरिता गिरी सिरहाको लहानकी हुन् भने सिटौला ललितपुरकी हुन् ।

गिरीले आफूमाथि गरिएको कारबाही असंवैधानिक भन्दै सांसद पद खारेज नगर्न माग गर्दै सर्वोच्चमा अन्तरिम आदेश माग गरेकी थिइन् । आइतबार सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो ।

सिटौलालाई सपथ खुवाउने तयारी भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस