aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

जनता बैंकका ग्राहकलाई हाम्रो अस्पतालमा छुट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १६ जेठ २०७६

जनता बैंक नेपाल लिमिटेड र हाम्रो अस्पताल प्रा.लि., बिराटनगर बिच स्वास्थ्य उपचार सेवामा छुट सम्बन्धि संझौता सम्पन्न भएको छ । 

संझौता पत्रमा हाम्रो अस्पतालका सचालक डा. संकरप्रसाद अधिकारी र बैंकको तीनपैनी शाखाका शाखा प्रमुख प्रशान्त शर्माले हस्ताक्षर गरेको थियो । 

संझौता अनुसार जनता बैंकका ग्राहक तथा कर्मचारी र तिनका आश्रितहरुले उक्त अस्पतालहरुबाट बिशेष छुट प्राप्त गर्न सक्नेछन् । उक्त छुट सुविधा अस्पतालबाट प्रदान गरिने सम्पूर्ण ओ.पि.डि. सेवा, ल्याव, भर्ना भई गरिने उपचार सेवा तथा अप्रेशनमा प्रदान गरिने छ ।

यस छुट सुविधा अस्पतालको विल भुक्तानीको क्रममा ग्राहकले बैंकको एटिएम कार्ड अथवा ग्राहक खुल्ने कुनै कागजात पेश गरी लिन सक्नेछन् ।
 

प्रतिक्रिया दिनुहोस