
काठमाडौं । चौतारी लघुवित्त र आरम्भ लघुवित्त वित्तीइ संस्था मर्जर भई कायम भएको शेयर मंगलवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।
आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाको नाममा २६ लाख ३४ हजार ४८० कित्ता शेयर सूचीकृत भएको हो । यी दुई कम्पनी एक भई असार २२ गतेदेखि एकिकृत कारोबार सुरु गरेका हुन ।
एक बराबर एक शेयर आदानप्रदान अनुपातमा मर्जरमा गएका यी कम्पनीको मर्जर पश्चात पहिलो शेयर कारोबारका लागि नेप्सेले रू। ४४८ दशमलव ०७ मूल्य रेञ्ज तोकेको छ ।
एसीएलबिएसएल स्टक संकेतबाट बुधवारदेखि आरम्भ चौतारी लघुवित्तको शेयर कारोबार खुला हुनेछ ।
प्रतिक्रिया दिनुहोस