
काठमाडौं । कोभिडका कारण असारमसान्तसम्म असुल हुन नसकेको कर्जाको साँवा ब्याज भुक्तान गर्ने अवधि ६ महिना थप गरेको छ । राष्ट्र बैंकले आज मंगलबार जारी गरेको निर्देशनमा लघु उद्यम पेशा व्यवसायमा परेको प्रभाव, सुचारु हुन लाग्ने समय, ऋणीको आवश्यकताको मूल्यांकन गरी एक पटकका लागि ६ महिना साँवा र ब्याज भुक्तानी अवधि थप गरेको हो । किस्ता रकम नियमित भुक्तान गर्ने ऋणीलाई कुनै प्रकारको पेनाल ब्याज÷शुल्क÷ हर्जाना÷ब्याज लिन पाइने छैन ।
यसरी भुक्तानी अवधि थप गरिएको किस्ताको साँवा र ब्याज रकम २०७७ चैत मसान्तभित्र समान किस्तामा असुल उपर गर्नुपर्ने व्यवस्था गरिएको छ ।
विपन्न तथा न्यून आय भएका समूहमा आवद्ध भएका वा नभएका व्यक्तिहरूलाई स्वीकारयोग्य धितो लिई कृषि, लघु उद्यम वा व्यवसाय सञ्चालन गर्न प्रति समूह सदस्य बढीमा ७ लाख रुपैयाँसम्म लघुकर्जा उपलब्ध गराउन सकिने व्यवस्था राष्ट्र बैंकले गरेको छ । साथै २ वर्षदेखि कर्जा उपभोग गरी असल वर्गमा परेका व्यक्ति वा समूह सदस्यका हकमा १५ लाख रुपैयाँ सीमा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस