aarthiknews.com सोमबार, ०२ असार २०८२   Monday, 16 June, 2025
 

सानिमा बैंकको डिजिटल काउन्टर संचालनमा, चेकबिना नै भुक्तानी सुविधा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १३ साउन २०७७
सानिमा बैंकको डिजिटल काउन्टर संचालनमा, चेकबिना नै भुक्तानी सुविधा

काठमाडौं । सानिमा बैंकले नयाँ प्रविधियुक्त बैंकिङ्ग सेवाहरु संचालन गरेको छ । बैंकले यही श्रावण १३ गतेदेखि नयाँ प्रविधिमा आधारित डिजिटल काउन्टर संचालनमा ल्याएको हो ।

अब डिजिटल काउन्टर मार्फत सानिमा बैंकका ग्राहकहरुले चेकबिना नै भुक्तानी प्राप्त गर्न सकिने भएको बैंकले जनाएको छ । यो सेवा प्रयोग गर्न मोबाइल बैंकिङ्ग एप “सानिमा सजिलो ई बैंकिङ्ग” बाट नक्साल शाखामा रहेको डिजिटल काउन्टरमा गएर QR Code scan गरी भुक्तानी प्राप्त गर्न सकिन्छ ।

ग्राहकले चेकबुक भर्नुपर्ने प्रक्रियाबिना सिधै डिजिटल काउन्टरमा रहेको त्तच् ऋयमभ कअबल गरी रकम निकाल्न सकिने हुनाले यो सेवा छिटो, छरितो र सरल रहेको छ । यो सेवा हाल सानिमा बैंकको प्रधान कार्यालय नक्सालबाट सुरु गरिएको र समय अनुसार यो सेवामा थप सुविधाहरु समायोजन गरी विस्तार गरिने बैंकले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस