
काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले प्राप्ती गरेको गण्डकी विकास बैंक लिमिटेडका शेयरधनीहरुले बुधबारदेखि मेगाको नामबाट शेयर कारोबार गर्न पाउने भएका छन् ।
यी दुई बैंक एक भएर असार २१ गतेदेखि एकिकृत कारोबार सुरु गरेका हुन ।
गण्डकीलाई प्राप्ती पश्चात कायम २ करोड ७५ लाख कित्ता शेयर मंगलवार मेगा बैंक नेपालको नाममा सूचीकृत भएसँगै कारोबार गर्न सकिने भएको हो ।
मेगाले गण्डकी विकास बैंकलाई एक बराबर एक शेयर अनुपात आदान प्रदान गर्ने सहमति अनुसार प्राप्ती गरेको हो ।
गण्डकीलाई प्राप्ती गरेपश्चात मेगाको चुक्तापूँजी रू. १३ अर्ब १३ करोड ८६ लाख २१ हजार पुगेको छ ।
प्रतिक्रिया दिनुहोस