aarthiknews.com सोमबार, ०२ असार २०८२   Monday, 16 June, 2025
 

समृद्धि फाइनान्सको हकप्रदले पायाे ग्रेड ५ रेटिङ्ग

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १४ साउन २०७७
समृद्धि फाइनान्सको हकप्रदले पायाे ग्रेड ५ रेटिङ्ग

काठमाडौं । समृद्धि फाइनान्सले निष्कासन गर्न लागेको २ सय प्रतिशत हकप्रद शेयरका लागि इक्रा नेपालले कमजोर आधार जनाउने इक्रा एनपी आईपीओ ग्रेड ५ रेटिङ्ग प्रदान गरेको छ ।

कम्पनीले १ बराबर २ को अनुपातमा रू. ३६ करोड ३९ लाख ६० हजार ६०० बराबरको ३६ लाख ३९ हजार ६०६ कित्ता हकप्रद शेयर निष्कासन गर्ने तयारी गरेको छ । यसका लागि कम्पनीले गत फागुन २३ गतेनै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको थियो ।

बोर्डको वेवसाइटलाई हेर्दा कम्पनीलाई बोर्डले असार ३० गते सुझाब पठाएको छ । समृद्धिको हकप्रद विक्री प्रबन्धक बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ । 

समृद्धिले हाल कायम चुक्तापूँजी रू. १८ करोड १९ लाख ८०  हजारको आधारमा २ सय प्रतिशत हकप्रद विक्री गर्न लागेको हो । यस कम्पनीले गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्म रू. २ करोड ४८ लाख ७२ हजार खुद नाफा गरेको छ । सो अवधिसम्म कम्पनीको वितरणयोग्य नाफा रू. १ करोड ९८ लाख ९७ हजार छ ।

जगेडा कोष रकम रू.२३ करोड ५० लाख भन्दा बढी छ । प्रतिशेयर आम्दानी वार्षिक रू. १८ दशमलव २२ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ रू. ६८ दशमलव १२ रहेको छ ।


 

प्रतिक्रिया दिनुहोस